टोखा नगरपालिकाको बजेट १ अर्ब ८८ करोड : सामुदायिक कुकुर र बिरालो बन्ध्याकरण देखी कर्मचारीलाई पर्यटन काजमा खटाउने सम्म
काठमाडौँ । टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । बिहीबार उपप्रमुख मुरारी तामाङले १३ औं नगरसभाको दोस्रो बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये चालुतर्फ ६२ करोड ३ लाख ७० हजार र पुँजीगततर्फ १ अर्ब २५ करोड ९६ लाख ३० हजार रुपैयाँ छ । कुल बजेटको चालुतर्फ ३२ दशमलव ९९ प्रतिशत र पुँजीगततर्फ ६८ दशमलव ०१ प्रतिशत बजेट विनियोजन गरिएको हो ।
कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने मूल नाराका साथ ल्याएको बजेटमा खेतबारीमा प्राविधिक परिचालनदेखि सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरणसम्मका कार्यक्रम समेटिएका छन् ।
कृषि र पशुपालन व्यवसाय सुधारलाई प्राथमिकतामा राखिएको बजेटमा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धन, सहकारीमा रहेको बचतकर्ताको बचतको सुरक्षा, नगर बस सञ्चालनलगायतका कार्यक्रम आउँदो आर्थिक वर्षको बजेटमा समेटिएका छन् । एक वडा एक पार्क, एक वडा एक सार्वजनिक शौचालय, एक वडा एक खुला व्यायामशालालगायतका कार्यक्रमलाई पनि टोखा नगरपालिकाले प्राथमिकता दिएको छ ।
नगरपालिकाका कर्मचारीलाई १० दिन पर्यटन काजमा खटाउने, नगरपालिकामा आउने उजुरी फर्छ्याेट दर शतप्रतिशत पुर्याउनेलगायतका कार्यक्रम पनि बजेट वक्तव्यमा समेटिएकाे छ ।
आगामी आर्थिक वर्षको लागि व्यहोर्ने स्रोततर्फ संघीय मार्फत ५३ करोड ७३ लाख ७८ हजार, प्रदेश सरकार मार्फत ११ करोड ५९ लाख २७ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर बापत २७ करोड, आन्तरिक एवं अन्य आयबाट २४ करोड ५२ लाख ९५ हजार, राजस्व बाँडफाँड (विभाज्य कोष)बाट १४ लाख, जन सहभागिताबाट १ करोड, र चालू आ.व. बाट अल्या हुने रकम ७० करोड व्यहोरिने बताइएको छ ।
चालु आवमा नगरपालिकाले २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकाको बजेट १ अर्ब ८८ करोड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्