४ वटी श्रीमती भएका यातायातका लेखापाल विरूद्ध पाँच कराेडकाे भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु. पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको अनुसन्धानबाट खुलेकाले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको जनाएको छ ।
आयोगका अनुसार लेखापाल अधिकारीको आयव्यय तथा सिर्जित सम्पत्ति उपर विश्लेषण गरी हेर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जालगायतबाट जम्मा रु ८८ लाख ३४ हजार ८८५ आय आर्जन गरेको देखिन्छ ।
अधिकारीले आफू र आफ्ना आफन्तको नाममा खरीद गरी राखेको एवं लगानी गरेको चल÷अचल सम्पत्ति जग्गा खरीद, घर निर्माण, सवारी साधन खरीद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा रु. पाँच करोड ९८ लाख ६८ हजार ५०८ खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमा रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।
आयोगको अनुसन्धानमा सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकाले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको सम्पत्ति बढी रहेको पाइएको छ । आयोगले अधिकारीका श्रीमती र मामा नाताका बलराम शर्मासमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए ।
यस्तै आयोगले आजै समयमाई प्राथमिक विद्यालय (हाल माध्यमिक विद्यालय) टिकुलीगढमा कार्यरत शिक्षक रामप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भ्रष्टाचार मुद्दा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्