ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिसकेको सीआईबीको निष्कर्ष
काठमाडौं, १३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरेको पाइएको बताएको छ ।
सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी गरेको पाइएकाले चारजनालाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको हो ।
ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेपनि तीन जनाले अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । अहिले काठमाडौँ महानगरपालिका–६ का मीनबहादुर गुरुङ, रातोपुलका धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का गोपाल कार्की र काठमाडौँ महानगरपालिका–४ का सुधीर शाहमाथि थप अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । आचार्यले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागु नहुने समेत स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले लामो समयदेखि अनुसन्धान गरिरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने गरी काम गरिरहेको बताइन् ।
२०४७ पछिको चरणचरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष छ । राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको जानकारी दिइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्