Techie IT
आईतबार, असोज ४,२०८३

ललिता निवास प्रकरणमा थप एकजना पक्राउ


काठमाडौं असार १२। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एकजना पक्राउ परेका छन्।

पछिल्लो पटक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले डिल्ली बजार मालपोतका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

यो प्रकरणमा एकैदिन पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट सुरु भएको पक्राउ श्रृंखला डिल्ली बजार मालपोतका कर्मचारीसम्म पुगिसकेको छ।

सीआईबीका एक अधिकारीका अनुसार मीनबहादुरपछि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरु धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसी पक्राउ परिसकेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #थप एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्