काठमाडौं विश्वको पहिलो प्रदूषित शहरमा पर्नु चिन्ताको विषयः अध्यक्ष ओली
काठमाडौं, १२ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं शहर विश्वको पहिलो प्रदूषित शहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन् ।
अध्यक्ष ओलीले काठमाडौं शहर प्रदूषणको सूचीको पहिलो नम्बरमा देखिएको भन्दै तत्काल कदम चाल्नुपर्ने बताए ।
‘हिजो ट्वीटर स्क्रोल गर्दै जाँदा ‘वर्ल्ड अफ स्टाटिस्टिक्स’ भन्ने ट्वीटर ह्यान्डलबाट आएको एउटा ट्वीटमा आँखा अडिए । त्यसमा विश्वका प्रदुषित शहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौंको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस शहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो । तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ ।’ मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भनेका छन्, ‘काठमाडौं महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौंलाई यसबाट बचाउन पक्कै केही गर्दै हुनुहुन्छ । यसमा प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक छ । यसको लागि हामी सबै मिली यो वा त्यो नभनी तत्काल कदम चालौं । हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ-आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौं । प्रदुषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔं ।’
काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुखले पनि प्रदूषणबाट बचाउन केही गर्दै गरेको उल्लेख गर्दै उनले प्रदेश र संघ सरकारहरुको पनि भूमिका आवश्यक भएको बताए । घरभित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ-आफ्नो ठाउँबाट भूमिका खेल्न उनले आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रदूषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन पनि अनुरोध गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अध्यक्ष ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्