पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्व विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोषको सदस्य सचिव रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएको अख्तियारले दाबी गरेको छ ।
ढकाल सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० सम्मको अवधिको आम्दानी खर्च जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा देखिएको र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ ।
ढकालले पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा विगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम कैद तथा जरिवानाको सजाय गर्न अख्तियारले माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #भ्रष्टाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्