आज पश्चिमि क्षेत्रका केही नदीहरुमा आकस्मिक बहावको जोखिम
काठमाडौँ असार ११ । आज पश्चिमि क्षेत्रका कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती पूर्वी राप्ती नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज केही नदीहरुको बहाव सतर्कता तहभन्दा बढी हुनेछ ।
आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेल्धुरा, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही संंसाना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ । यस्तै रामेछाप, धादिङ, नुवाकोट, मकवानपुर, दैलेख, जाजरकोट र आसपास भई बहने केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
आज महाकाली र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले महाकालीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #केही नदीहरु आकस्मिक बहावको जोखिमाम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्