नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपाल विश्वकप खेल्न असफल
काठमाडौं असार ९ । जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा पुर्णविराम लागेको छ ।
यदि आज नेदरल्यान्ड्सलाई पराजित गरेको खण्डमा नेपाल सुपर सिक्स पुग्ने समीकरण थियो ।
टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४।३ ओभरमा अलआउट हुँदै दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७।१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै सुपर सिक्समा स्थान पक्का गर्यो ।
नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रनको उत्कृष्ट इनिङ खेले । उनले गुलशन झाको बलमा बोल्डहुनु अघि, ७५ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । विक्रमजित सिंह ३० रनमा पभेलियन फर्कँदा, बास डी लिड ४१ रनमा अविजित रहे ।
नेपालको बलिङमा सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिए ।
यसअघि, नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे । कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७ रन योगदान गर्दा भीम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल भल्ल १२ रन योगदान गरेर पेभेलियन फर्किएका थिए ।
नेदरल्यान्ड्सको बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । उनले ९।३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए । बास दी लिदी र विक्रमजित सिंहले दुईरदुई विकेट लिँदा क्लेटन फ्लाृइड र आर्यन दत्तले समान एक विकेट लिए ।
नेपाललाई हराएसँगै समूह ए बाट नेदरल्यान्ड्ससँगै वेस्ट इन्डिज र जिम्बाबे सुपर सिक्समा पुगेका छन् । भने, समूह बी बाट श्रृलंका, स्कटल्यान्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।
विश्वकप छनोटको पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । भने, तेस्रो खेलमा जिम्बाबेसँग १ सय १ रनको हार बेहोरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #नेपाल विश्वकप खेल्न असफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्