संखुवासभाको बाढीमा बेपत्ताहरु खोज्न मोति र पिक्कु परिचालन (फोटो फिचर)
खाँदबारी- संखुवासभाको हेवाखोलामा आएको बाढीबाट हराइरहेका १७ जना मजदुर खोज्न तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । तालिम प्राप्त मोति र पिक्कु नाक्कु नाम गरेको कुकुरबाट बेपत्ताको खोजी सुरु गरिएको हो ।

शनिबारबाट हेवा, सभा र पिलुवा खोलाका बगरमा ती कुकुर परिचालन गरिएको छ । कुकुरले सुगेर गन्ध थाहापाइपछि तयारी अवश्थामा राखिएको डोजरले बालुवा निकालेर खोज्न थालिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।

मोति र पिक्कु संगै प्रहरी, सेना र ससस्त्रका १ सय बढी जवान पनि परिचालन गरिएको छ । खेलका डिल र खोलाका किनारमा कतै बेपत्ता नभेटिएपछि कुकुर परिचालन गरिएको हो । खोला किनारमा ६० फिट भन्दा बढी बालुवा थुप्रिएकाले उद्धार टोलीलाई बालुवा हटाउनै समस्या भएको छ ।

गत शनिबार राति आएको बाढीले संखुवासभाको हेवाखोलामा निर्माणाधिन ६ मेगावाटको सुपरहेवा जलविद्युत आयोजनामा काम गरिरहेका १७ मजदुरहरु बेपत्ता पारेको थियो भने एक जनाको मृत्यु भएको थियो । सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका थिए ।

बाढीले पाँचखपनमा ११, चैनपुरमा ३, र सभापोखरीमा ४ गरी १८ घर बगाएका छन् । यी स्थानमा ८ वटा गोठ, ५ झोलुगे पुल, मोटरेवलपुल, ४ स्काभेटर, क्रेन १, टिफर १, ट्याक्टर ४ र मोटरसाईकल २ वटा क्षति भएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।




क्याटेगोरी : tags, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #खोज, #तालिम प्राप्त कुकुर, #नेपाल प्रहरी र सशस्त्र प्रहरी, #नेपाली सेना, #बाढी, #बेपत्ता खोजी उद्दार, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्