राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन
काठमाडौं असार ८ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ ।
उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो ।
उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
दिव्यवेश्वरकी पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
उनका श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।
दिव्येश्वरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #news, #पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्