Techie IT
शुक्रबार, वैशाख ४,२०८३

मेयर हर्क साम्पाङले ‘गफाडी’भनेपछि पर्यटनमन्त्री किराँतीको जवाफ


काठमाडौं असार ७ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पर्यटन मन्त्री सुदन किराँतीलाई ‘गफाडी’ भनेपछि फेसबुकबाटै जवाफ फर्काउनु भएको छ।

श्रम संस्कृति पदमार्ग निर्माण गर्छु भनेर काम नगरेको भनी मेयर साम्पाङले आज सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीको आलोचना गर्नुभएको हो ।

मेयर साम्पाङ लेख्नुहुन्छ, ‘सुदन किराँती पनि गफाडी रैछन्, श्रम संस्कृति पदमार्ग निर्माणको वाचा गरेका थिए, पुराएनन्। बोलेको पूरा गर्नु है। बिरुवा रोप्नचाहिँ आउँदा हुन्छ। वेलकम छ। बधाई छ, जे होस्। जय पितापुर्खा।’

मेयर साम्पाङले बोलेका बाचा पूरा नगरेको आरोप लगाएपछि मन्त्री किराँतीले फुफ्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख विनियोजन भएको जानकारी गराउनु भएको छ।

मन्त्री किराँतीले साम्पाङलाई जवाफ दिँदै भन्नुहुन्छ, ‘मेयर साब नमस्कार, फुस्रेबाट श्रम संस्कृति पदमार्ग साँगुरी भन्ज्याङ भेडेटार पदमार्ग निर्माणको लागि रु।५० लाख विनियोजन भएको जानकारी गराउँदछु। हुन त हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ। शयद बजेट अभावको कारण त्यस्तै हुन गयो होला।

उहाँले यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन भएको उल्लेख गर्दै पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका बताउनु भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #हर्क साम्पाङले ‘गफाडी’भनेपछि


तपाईको कमेन्ट लेख्नुहोस्