दलहरुको मोर्चाबन्दीले हामीलाई असर गर्दैन रवि लामिछाने
काठमाडौं असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरुले बनाएको मोर्चाबन्दीले आफूहरुलाई असर नपर्ने टिप्पणी गरेका छन्।पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेको बताए।
समाजवादी मोर्चाबारे रवि लामिछानको भनाइ जस्ताको तस्तैः
चुनावमा चाहिँ राजनीतिक दलहरुले गठबन्धन गरेको होइनन् र ,डा स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रको कुरा गरिहेर्नुहोला तपाईं। हाम्रो लागि त्यो नयाँ होइन दलहरुको लागि चाहिँ घोषित अघोषित नयाँ होला।
मोर्चालाई तोडेर उपनिर्वाचनमा नयाँ रेकर्ड नै राखेका हौं। त्यसैले उहाँहरुको कदममा मैले कुनै प्रतिक्रिया दिनु हुँदैन। अरु राजनीतिक दलको कदम हो त्यो। हामीले नदेखेको दल हुनुहुन्न। हामीले देखेकै दल हुनुहुन्छ। उहाँहरुले मोर्चा गर्नुभएको छ। हामीले मोर्चा नै गर्ने भए जनताको मुद्दामा मोर्चाबन्दी गरौं न भनेका थियौं। संसदमा पनि भनेका थियौं।
जनतालाई गुणस्तरिय शिक्षा, स्वाथ्य गर्ने हामी पनि आउँछौं त्यस्ता मोर्चामा। पुरानो मिल्दा नयाँलाई त्यस्तो असर नगर्ला। हाम्रो पार्टीको ध्यान संगठनलाई मजबुद बनाएर जनतामा कसरी पुग्ने भन्ने हुन्छ। अरु दलप्रति हाम्रो शूभकामना नै छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्