जव त्रिभुवन विमानस्थलमा सुनका टाँक भेटियो
काठमाडौं, वैशाख २२
पछिल्लोपटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएका सुनसहित भारतीय नागरिक पक्राउ परेपछि यसको खुलासा भएको हो । त्रिभुवन विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए । भन्सार र अपराध महाशाखाको संयुक्त टोलीले उनलाइ पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सुन तस्करीका विरुद्ध सरकार सक्रिय भएर अनुसन्धान तथा खोज गरिरहेका बेला तस्करहरुले नयाँ नयाँ प्रयोगबाट ल्याउन थालेका छन् । यसअघि विमानस्थलमै सेटिङ मिलाएर, मलद्धारमा लुकाएर, सुटकेशमा फल्स बनाएर ल्याउने गरेका थिए । तर, पछिल्लो समय सर्टको टाँक बनाएर ल्याउने गरेको भेटिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुनका टाँक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्