Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

प्रचण्ड सवार हेलिकप्टर पाँचथरमा खराव मोसमका कारण अवतरण हुन सकेन


काठमाडौं, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन ।

प्रतिकुल मौसमका कारण अवतरण हुन नसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पाँचथर, संखुवासभा र तेर्‍हथुममा गएको बाढी पहिरोको निरीक्षणका लागि प्रधानमन्त्री पाँचथर पुगेका थिए ।

पाँचथरतर्फ लाग्नुअघि प्रचण्ड संखुवासभाको तुम्लिङटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा पनि प्रभावित क्षेत्र अवलोकनका लागि गएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड सवार हेलिकप्टर


तपाईको कमेन्ट लेख्नुहोस्