टोखाका रक्तचाप,मधुमेहका बिरामीलाई औषधि उपचारमा मेयर अधिकारीले गरे यस्तो घोषणा
टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेह रोगको नियमित औषधि सेवन गर्नेलाई औषधिमा १०,०००र आर्थिक सहयोग गर्ने भएको छ ।
मेयर कार्यक्रम अन्तर्गत ५० वर्ष भन्दा माथिका स्थायी वासिन्दाले बाषिक अधिकतम औषधी खर्च दश हजार लाई आधार मानि सो रकमको ५० प्रतिशत हुन आउने रकम नगरपालिकाको तर्फबाट भुक्तानी गराउने नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो ।
असार १५ गते सम्म नेपाली नागरिताको प्रमाण पत्र, टोखा नगरपालिकाको स्थायी वासिन्दा भएको प्रमाण, बैंक खाताको चेकको फोटोकपी , डाक्टरको प्रेस्कृप्सन र १० हजार बराबरको औषधि किनेको बिल लियर नगरपालिका स्वास्थ्य शाखामा सम्पर्क राख्न नगर प्रमुखद्धारा जारी गरिएको बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
यो संगै टोखामा म स्वस्थ, मेरो टोखा नगर स्वस्थ भन्ने मूल नाराको साथमा टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रम प्रभाबकारी रुपमा संचालन भैराखेको छ । नगर बासीलाइ रगत आवश्यक परेमा रक्त संचार केन्द्र बाट रगत ल्याउदा लाग्ने रकम पनि नगरपालिकाले बेहोर्ने बेवास्था समेत गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगर प्रमुख अधिकारीले घोषणा गरे दश हजार सम्मको आर्थीक सहयोग घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्