Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

भिमसेन थापा गाउपालिका अध्यक्ष बन्जाराले गरे उदाहरणिय कामको थालनी !


गोर्खा , 31 जेठ्
अमृत खनाल

जनप्रतिनिधि भनेको उहाँ जस्तो हुनुपर्छ । चुनावमा आफ्नी घोषणा पत्रमा समाबेश गरेको कुरा भिमसेन थापा गाउपालिकाको अध्यक्षले लोक प्रसाद बन्जराले पूरा गर्ने हुनुभएको छ ।

भिमसेन थापा गाउपालिकाको अध्यक्षले आफ्नो प्रतिबद्धता पूरा गर्ने हुनुभएको छ । भिमसेन थापा गाउपालिका – ६ अश्राङ्गमा रहेको सहिद स्मृति आधारभूत अस्पतालमा मिनि अपरेसन थियटर बराबरको सेवा सुरु हुनेभएको छ । एम्बुलेन्सको राष्ट्रिय संजाल( १०२) मा नाम दर्ता गर्ने प्रक्रिया शुरु भैसकेको छ । त्यसैगरि स्टाफ नर्स भर्ना प्रक्रियापनि साउनसम्ममा पूरा गर्ने लक्ष्यको साथ काम भइरहेको छ । भिमसेन थापा गाउपालिकामा Heart attack भएकोहरुको प्राथमिक उपचार कक्ष सहितको करिब ७ लाखको मेसिन जडान गर्ने प्रक्रियामा पुगेको बताउनु भएको छ । स्टाफ नर्सपनी एम्बुलेन्समा नै बसेर सेवा प्रदान गर्ने गाउपालिकाको योजना रहेको छ । र यस सम्बन्धमा नितिगत र कानुन बनाउने प्रक्रिया भने पूरा भैसकेको छ ।
त्यसैगरि भिमसेन थापा गाउपालिका अश्राङ्गबाट नै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने प्रक्रियाको अन्तिम चरणमा रहेको छ

आउने साउन मसान्तसम्ममा सम्पुर्ण कामको प्रक्रिया पुराहुने भिमसेन गाउपालिकाको प्रवक्ता वडा नं ६ अश्राङ्गको वडा अध्यक्ष Ranjan Kumar Rimal ले जानकारी दिनुभएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्