मापदण्ड विपरित विद्यालयको पर्खाल निर्माण गरिएको भन्दै स्थानियले जनाए आपक्ति
ललितपुर – पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालय हाता भित्र भईरहेको पर्खाल निर्माण कार्य मापदण्ड विपरित रहेको भन्दै स्थानियले आपक्ति जनाएका छन् । पर्खाल निर्माणका नाममा विद्यालयले चर्चिदै आएको सार्वजनिक जग्गाको दोहन गरिएको स्थानियको आरोप छ ।
उनीहरुले ललितपुर तीन र बीस नंबर वडा स्थित नटोल देखी पाटन ढोकासम्मको सडक निर्माणको योजना संबन्धमा स्थानियलाई जानकारी नभएको उल्लेख गर्दै विद्यालयको पर्खाल भित्र अर्को पर्खाल निर्माण गरिनु एक तर्फि रुपमा सार्वजनिक सम्पक्ति माथि हानि पुर्याउने खेल भैरहेको दाबी गरेका छन् ।
स्थानियका अनुसार पर्खाल निर्माण गरिनुको मुख्य उदेश्य सिमित व्यक्तिहरुलाई लाभ पुर्याउनु हो । भविष्यमा हुन सक्ने सडक विस्तारका क्रममा निजी जग्गालाई मासिन नदिने प्रपंचका साथ पर्खाल निर्माण भैरहेको उनीहरुको ठहर छ । नियममा सडक बिस्तारका लागी दाया बाया बराबर जग्गा छोडनु पर्ने कानूनी प्रावधान छ । पर्खाल निर्माण कार्यलाई रोक्का गर्न भन्दै स्थानियले जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन समेत दिएका छन ।
जिल्ला प्रशासन कार्यालयले तत् संबन्धमा जानकारी गराउन ललितपुर महानगरपालिकालाई पत्राचार गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्खाल निर्माण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्