एनआरएनए कम्बोडियाका अध्यक्ष खड्का सम्मानित
काठमाडौ । कम्बोडियाका सफल युवा व्यवसायी एवम् गैरआवासिय नेपाली संघ कम्बोडियाका अध्यक्ष लालसिंह खड्का “राष्ट्रिय विशेष सेवा सम्मान २०८०” बाट सम्मानित भएका छन् ।
शनिबार फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको गणतन्त्र दिवस २०८० को शुभ अवसरमा “समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाहरुको भूमिका” विषयक विचार गोष्ठी तथा शुभकामना बिशेष कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले खड्कालाई सम्मान गरेका हुन् ।
एनआरएनए कम्बोडियाका अध्यक्ष खड्कालाई गैरआवासीय नेपालीको हक हितमा उत्कृस्ट कार्य गरेको र देश बिकाशको लागी ठुलो योगदान गरेकोमा उक्त सम्मानबाट सम्मानित गरिएको थियो ।
प्रतिनिधि सभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्व तथा पुर्ब श्रम, रोजगार,तथा सामाजिक सुरक्षामन्त्री एबं सांसद शेरबहादुर कुँवर,विशिष्ट अतिथि जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्