संखुवासभामा विपत प्रतिकार्य सम्बन्धी जनचेतना मुलक उद्धार अभ्यास (फोटोफिचर)
खाँदबारी – संखुवासभाको सदरमुकाम खाँदबारीको टुँडिखेलमा मंगलबार दिउँसो अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । केही घाइतेलाई एम्बुलेन्समा लगिँदै थियो भने कतै दमकलले आगो निभाउँदै थिए ।

खाँदबारीको नमुना बस्तीको एक होटेलमा युवाहरू मादकपदार्थ सेवन गर्ने क्रममा झगडा हुँदा फुसको छानोमा आगलागी हुन्छ । आगलागी भएपछि धेरै मानिस घाइते भए। उनीहरूको स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल ले। रेडक्रसले आपतकालीन राहत वितरण, प्रमुख जिल्ला अधिकारी र विपद् व्यवस्थापन समितिको टोलीले स्थलगत अध्ययन, मुचुल्का तयारलगायतका काम गरे ।
त्यसैगरी अर्को घटनामा खाँदबारीकै नमुना बस्तीमा पहिरो जान्छ। सोही पहिरोमा धेरै मानिस घाइते हुन्छन्। माथि भनिएझैँ सम्बन्धित निकायहरूले उद्धार र उपचार गर्छन्।

यी घटनाहरु वास्तविक भने होइनन्। जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा विपद् आइपर्दा कसरी सतर्क रहने भनेर विपद् कृत्रिम घटना अभ्यास गरी देखाइएको हो। अभ्यास देखाइए पनि घटनामा वास्तविक साना–साना फुसको छानो भएका घरहरू निर्माण गरिएका थिए। होटेल र बस्तीजस्तो बनाइएको थियो। उद्धार टोलीमा प्रहरी र सेना तथा एम्बुलेन्स र दमकल तयारी थिए। अस्पतालमा स्वास्थ्कर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू थिए। कृत्रिम घटना भए पनि वास्तविकजस्तै बनाइएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा भएको सो कृत्रिम घटनाको तयारी नयाँ भैरवी गुल्मले आयोजना गरेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला समन्वय समिति, खाँदबारी नगरपालिका, जिल्ला अस्पताललगायतको भूमिका सम्बन्धित कार्यालय आफैँले निभाएका थिए।

कृत्रिम घटनामार्फत स्थानीयलाई साँच्चिकै विपद् आइपरेको समयमा कसरी बच्ने र सतर्क रहने भन्ने विषय देखाइएको थियो। सो प्रर्दशन हेर्न खाँदबारी नजिकैका विद्यालयका विद्यार्थी, स्काउट, एनसिसीका विद्यार्थी र स्थानीयहरूको उपस्थिति रहेको थियो।

क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, समाचार
ट्याग : #उद्धार अभ्यास, #प्रतिकार्य सम्बन्धी जनचेतना, #विपत, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्