Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाविरुद्ध अभियोजन दर्ता गर्दै सरकारी वकिलको कार्यालय


जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना विरुद्ध आज बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

प्रहरीको रायमाथि केही थपघट गरेर आज अभियोजन दर्ता हुनसक्ने उनको भनाइ छ ।

शरणार्थी प्रकरणमा संलग्नलाई ठगी, राज्य विरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीले दिएको छ ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी हिरासतमा छन् ।

पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शरणार्थी प्रकरण


तपाईको कमेन्ट लेख्नुहोस्