Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

तारकेश्वरको शेसमतिमा बस दुर्घटना : ७ जना घाइते , २ जनाको अवस्था गम्भीर


काठमाडौं । तारकेश्वरको शेसमतिमा बस दुर्घटना भएको छ । बा ३ ख ६३६७ नंम्बरको यात्रु बाहक बस काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बस शेसमतिमा दुर्घटना भएको बालाजु प्रहरीले बताएको छ ।

बा ४९ प ७०१ नम्भरको अनियन्त्रित बसले मोटरसाइकललाई ठक्कर दिई सडकबाट तल खोलामा खसेको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरी वृत बालाजुले जानकारी दिएको छ ।

अन्य घाइतेहरुको भने सिल्भरलाईन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी वृत बालाजुका अनुसार बसका चालक हाल फरार रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरको शेसमतिमा बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्