Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा देवकोटा


 

पोखरा, २७ वैशाख । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ ।

गोरखाको साविक आपँपिपल गाविस वडा नं २ (हालः पालुङटार नगरपालिका वडा नं ३) निवासी डा देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत आईतबार नियुक्त गर्नुभएको हो ।

डा देवकोटाले आज मुख्यमन्त्री पाण्डेबाट पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

को हुन् डा देवकोेटा ?

विस २०३९ असारमा पिता श्रीनिवास देवकोटा र माता शोभा देवकोटाको कान्छो सुपुत्रका रुपमा जन्मनुभएका देवकोटाले गोरखाको अमरज्योती जनता माध्यामिक विद्यालय लुईँटेलबाट विस २०५५ सालमा एसएलसी परिक्षा उर्तिण हुनुभएको थियो ।

विस २०५७ सालमा सिद्धार्थ बनस्थलीबाट आईएस्सी र विस २०६० मा त्रिचन्द्र कलेजबाट विएस्सी उर्तिण गर्नुभएका डा देवकोटाले दक्षिण कोरियाबाट स्नातकोत्तरसहित विस २०६७ सालमा विद्यावारिधी पुरा गर्नुभएको थियो ।

प्रदेश मन्त्रीपरिषद्बाट उपाध्यक्षमा नियुक्त डा देवकोटाले दक्षिण कोरियाबाट विद्यावारिधी सके लगत्तै त्यँहा रहेर राष्ट्रिय विपत् जोखिम प्राधिकरणमा वरिष्ठ अनुसन्धानकर्ताको रुपमा दुई वर्ष काम गर्नुभएको थियो ।

सो पश्चात उहाँले थाईल्याण्डको बैँककमा एशियन डिजास्टर प्रिपेयर्डनेस सेन्टरमा प्राविधिक विपद् विज्ञको रुपमा तीन वर्ष काम गर्नुभएको थियो । बैँककमा काम गर्दा उहाँले विश्वबैँकको लगानीमा लाओस, कम्वोडिया, भियतनाम, नेपाल, भारतलगायतका दक्षिण पूर्वी एशियाली देशहरुमा विपद्मैत्री पूर्वाधार विकासमा काम गर्नुभएको थियो ।

विस २०७२ सालमा नेपालमा भूकम्प गएपछि उहाँ नेपाल फर्कनुभएको थियो । नेपालमा आएपछि उहाँले स्वीस एजेन्सीमा रहेर नेपाललगायत अफगानिस्तान, भुटान र काजकिस्तानको विकास योजना तथा विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा तीन वर्ष काम गर्नुभएको थियो ।

पछिल्लो चार वर्ष यता जीआईआईएस ( ग्लोवल ईन्स्टिच्युट फर ईन्टरडिस्सिप्लिनरी स्टडिज् ) मा संलग्न रहेर विपद् र विकाससँगै अनुसन्धानको क्षेत्रमा काम गरिरहनुभएको थियो । यसबाहेक उहाँले प्राध्यापन र काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा वरिष्ठ कन्सल्टेन्टको रुपमा काम गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्