खाँदबारीमा पाँचदिने राजयोग प्रशिक्षण सुरु (फोटोफिचर)
ब्रम्हाकुमार बरिष्ठ राजयोग प्रशिक्षक राजु गुरुडले प्रशिक्षण दिने ।
खाँदबारी – ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र खाँदबारीको आयोजनामा आईतबारबाट ५ दिने राजयोग प्रशिक्षण सुरु भएको छ । खाँदबारीको टुडिँखेलमा सुरु भएको प्रशिक्षणको उद्घाटन खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले गर्नुभयो । राजयोगमा प्रशिक्षण ब्रम्हाकुमार बरिष्ठ राजयोग प्रशिक्षक राजु गुरुडले दैनिक २ पटक दिनुहुनेछ ।

मानव समाजमा फैलिएको मानसिक, अशान्ति, आर्थिक, सामाजिक, शारिरिक अव्यवस्थापनको कमजोरीका कारण आएका विभिन्न बिकृति र समस्यालाई निराकरण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको ब्रम्हाकुमारी रोचना आचार्यले बताउनुभयो ।
मूल्यनिष्ठ समाज स्थापनाकोे कार्यमा सघाउ पुर्याउन, संस्कारी एबंम सचेत नागरिक बन्ने प्रेरणा प्रदान गर्न, समाजका सबै किसिमका बिकिृति न्यूनीकरण गर्न, खुसियाली जीवन, सकारात्मक सोच तथा तनाब मुक्त जीवन जिउने कला सिकाउन, जीवनको वास्तविक उदेश्य तथा रहस्यबारे जानकार बनाउने उदेश्य रहेको आयोजक समितिका संयोजक सरोजकुमार बज्राचार्यले बताउनुभयो ।

परमात्मा शक्ति एमब बरदान प्राप्ती, जीवन कर्मको रहस्य, शान्ति एबम सुखको अनुभूति, सम्बन्धमा सुमधुरता, तनाब एबम क्रोधमुक्त जीवनमा राजयोग प्रशिक्षणले फाईदा दिने छ । समापनको दिन बैशाख २९ गते कोशी प्रदेशका १ सय ८ जना ब्रम्हाकुमारीलाई सम्मान गरिने छ । प्रशिक्षण कार्यक्रम दैनिक १२ देखि २ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन भइरहेको छ । कार्यक्रम आयोजक समारोहका संयोजक एबम नेपाल रेडक्रस सोसाईटीका सभापति सरोज बन्राचार्यको अध्यक्षमा भएको थियो ।





क्याटेगोरी : जीवनशैली, समाचार
ट्याग : #खादबारी, #खाँदबारी नगरपालिका, #ब्रम्हाकुमारी राजयोग केन्द्र, #योग, #राजु घले, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्