भुटानी शरणार्थी प्रकरणः देउवा पत्नि आरजु र पूर्वगृहमन्त्री खाँडले घुस लिएको अडिओ सार्वजनिक
वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँडले नक्कली भुटानी शरर्णाथी प्रकरणमा मोटो रकम घुस लिएको अडिओ सार्वजनिक भएको छ ।
सार्वजनिक भएको अडिओमा आरजुलाई साढे दुई करोड र तत्कालिन गृहमन्त्री खाँडलाई ६ करोड अनामनगरको घरमा गएर बालकृष्ण खाँडकी श्रीमती मञ्जु खाँडलाई हातैमा ६ करोड बुझाएको वार्तालाप स्पष्ट सुन्न सकिन्छ ।
अडिओ पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक गरेका हुन् ।
‘सन्देश शर्मा भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी र बिचौलियाहरुले पूर्व गृहमन्त्री बालकृष्ण खाँड र उहाँको श्रीमति मञ्जु खाँडलाई ६ करोड दिएको फोन वार्ताको अडियो रेकर्ड सरकारले दबाउन खोजेको थियो विशेष सुत्र बाट पत्ता लागेको छ । यो प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् ।’ पूर्वमन्त्री बस्नेतले भनेका छन् ।
उनले प्रकरणका दोषी कसैलाई छुटाउने र कसैलाई फसाउने प्रयत्न नहोस् भन्दै अडिओ सार्वजनिक गरिएको बताएका छन् ।
बस्नेतले प्रकरणमा संलग्न देखिएका आरजु र पूर्वमन्त्री खाँड दम्पत्ती विरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायण काजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

उनले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसके प्रधानमन्त्री र गृहमन्त्रीलाई पदबाट राजीनामा दिन समेत भनेका छन् ।
यस्तो छ पूर्वमन्त्री बस्नेतले फेसबुकमा सार्वजनिक गरेको अडिओः
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भुटानी शरणार्थी प्रकरणः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्