Techie IT
शुक्रबार, साउन १५,२०८३

रास्वपा प्रतिपक्षमा बस्ने


काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने सम्भावना क्षीण बनेको छ । भोलि हुने केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने औपचारिक निर्णय लिन सक्छ ।

गत सोमबार बसेको केन्द्रीय समिति बैठकले अहिलेको मझधारबाट निस्केर कि सरकारमा जाने कि प्रतिपक्षमा बस्ने निधो गरेको थियो । यी दुईमध्ये एउटा विकल्प रोज्न भोलि बैठक बोलाइएको हो । पार्टी स्रोतका अनुसार सरकारमा जानेभन्दा प्रतिपक्षमा बस्ने निर्णय लिने सम्भावना धेरै बलियो छ ।

चितवन-२ मा अभुतपूर्व जनलहरसहित उपचुनाव जितेपछि रास्वपा सभापति लामिछाने नेपाली राजनीतिमा कसैले ‘इग्नोर’ गर्न नसक्नेगरी प्रभावशाली देखिएका छन् । उपचुनावअघिसम्म रास्वपालाई खासै भाउ नदिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले लामिछानेलाई सरकारमा फर्काउन मरिहत्ते गरिरहेका छन् ।

उपचुनावलगत्तै लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । चितवनमै उनले ‘सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै कारण नरहेको’ भाषण गरेपछि प्रचण्डले आत्तिदै फोन गरे । फोनमा पनि रविले त्यही भाव व्यक्त गरे, जुन भाषणमा गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा


तपाईको कमेन्ट लेख्नुहोस्