गठबन्धन धरापमा पर्नसक्छ : माधव नेपाल
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफ्नो पार्टीलाई उपेक्षा गर्ने काम भइरहेको गुनासो गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरूले गरेको योगदान नबिर्सिन चेतावनीसमेत दिए ।
कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै नेपालले भने, ‘कर्णालीमा माओवादीको दम्भ र घमन्डले हाम्रा साथीहरू दु:खी हुनुहुन्छ । सरकारमा एकलौटी गरिएको छ । गठबन्धन टिकाउने कुरा भइरहँदा हाम्रो पार्टीलाई बाइपास गर्न खोजिँदैछ, पीडा दिइएको छ । यसले धरापमा पर्नसक्छ । मैले मनको पीडा पोखेको हुँ ।’
प्रचण्ड ओलीको शरणमा गएपनि त्यहाँ टिक्न नसकेर चुनावी गठबन्धनमै फर्किएको तर गठबन्धनको स्प्रिटअनुसार काम गर्न नसकिरहेको उनको टिप्पणी थियो ।
देश र जनताको पक्षमा रहेर काम गरुन् भन्ने आफ्नो चाहना रहेको भन्दै उनले सीमित साधन स्रोतको अधिकतम प्रयोग गर्न सुझाए ।
अध्यक्ष नेपालले आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको दुरुपयोग नगरेको जिकिरसमेत गरे ।
‘म नै नेतृत्वमा हुँदा गेम चेन्जर आयाेजना ल्याएको थिएँ । विश्वविद्यालयहरूको सुरूवात त्यही बेलादेखि भएको हो । अप्ठ्यारो बेलामा र पार्टीभित्रबाट चुनौती आउँदा पनि निकै काम गरेको हो, तर यी कुराहरूको चर्चा हुँदैन । विरोधका नाममा विरोधमात्र गरिएको छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #माधव नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्