सुशीला अधिकारी स्मृति प्रतिष्ठानद्धारा जीवनज्योती विद्यालयलाई कम्प्युटर–प्रिन्टर हस्तान्तरण
गोरखा । सुशीला अधिकारी स्मृति प्रतिष्ठान नेपालले अजिरकोट–३ गोरखाको जीवन ज्योति मावि मा कम्प्युटर,प्रिन्टरलगायत शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
कृषि विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुशीला अधिकारी स्मृति प्रतिष्ठान नेपाल (समिट नेपाल) अजिरकोट–३ गोरखामार्फत आइतबार एक कार्यक्रमका बीच जीवन ज्योति माध्यामिक विद्यालय अजिरकोट–३ काफलडाँडालाई तीन वटा कम्प्युटर र प्रिन्टरका साथै प्राथमिक उपचारका औषधि हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै समिट नेपालका संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले कम्प्युटरलगायतका सामग्रीले विद्यार्थीको पठनपाठनमा सहयोग हुने विश्वास व्यक्त गरे ।
समिट नेपालद्वारा प्रदान गरिएको कम्प्युटरलगायतका सामाग्री बिग्रिएमा निःशुल्क मर्मत गराइदिने बताउँदै अधिकारीले आफ्नो जन्मगाउँमा निरन्तर शैक्षिक सुधार र अन्य सामाजिक कार्यमा सहयोग गरिरहने बताए ।
कम्प्युटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कृषि विकास बैंक पालुङटारका शाखा प्रबन्धक अर्जुन पाठकले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर विद्यालयलाइ कम्प्युटरलगायतका सामाग्री हस्तान्तरण गर्न पाउँदा आफूहरू सन्तुष्ट बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले समेत रहेका अजिरकोट–३ का वडाध्यक्ष बाबुराम अधिकारीले समिट नेपाल र कृषि विकास बैंकलाई आभार व्यक्त गर्दै सामग्रीको सदुपयोग हुने बताए ।
स्वर्गीय सुशीला अधिकारीको स्मृतिमा स्थापित समिट नेपालले केही वर्षदेखि अजिरकोट गाउँपालिकामा निरन्तर शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्