पूर्वलडाकुलाई किस्ता-किस्तामा दुई लाख दिने सोचेको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । माओवादी जनयुद्धका अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने विवादित निर्णयबाट सरकार पछि नहट्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चरणबद्धरुपमा भए पनि पूर्वलडाकुलाई पैसा बाँडिने बताए ।
आज चितवन पुगेर एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारको निर्णयको बचाउ गरेका हुन् । प्रचण्डले २०७१ सालमै भएको आफ्नो सरकारले कार्यान्वयन गर्न खोजेको उल्लेख गरे ।
‘यही सरकारले पैसा बाँड्ने निर्णय गर्न खोजेको जसरी प्रचार गरिया छ, तर वास्तविकता त्यसो होइन,’ उनले भने, ‘७१ सालको सरकारले, सायद त्यतिबेला विष्णु पौडेल अर्थमन्त्री र टोपबहादुर रायमाझी शान्तिमन्त्री हुनुहुन्थ्यो, उहाँहरूले गरेको निर्णय अहिले कार्यान्वयन गर्न लागिएको मात्र हो ।’
प्रचण्डका अनुसार त्यसबेला सरकारको निर्णय अदालतको आदेशका कारण कार्यान्वयन हुन सकेको थिएन । तर, केही समयअगाडि मात्रै अदालतले यो पैसा बाँड्नुपर्ने फैसला गरेको उनले बताए ।
‘अदालतले पनि दिनुपर्छ भनेपछि हामीले प्रक्रिया अगाडि बढाएका हौँ । त्यसबेला अहिलेका अर्थमन्त्री पनि हुनुहुन्थेन । उहाँले मलाई थाहा छैन भन्नुभएछ । मैले यसो यसो हो भनेपछि अहिले कुरा बुझ्नुभएको छ,’ प्रचण्डले भने ।
पूर्वलडाकुलाई एकमुष्ट नभएर किस्ता किस्तामा रकम दिने आफ्नो सोच रहेको उनले उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #’ उनले भने, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्