नेकपा एस ललितपुरका सचिव सहित ३९ जना एमालेमा फर्किए
लितपुर । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।
एमाले केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलले मिश्रसहितका नेता कार्यकर्तालाई स्वागत गरे । सो क्रममा माधवकुमार नेपालले फैलाएको भ्रमजालमा परेर आफूहरु सो पार्टीतिर गएको र अहिले नेकपा एस र माधव नेपालको बदमासीको साँक्षी बस्नुपरेकोले आफूहरु एमालेमा फर्किएको उनले बताए । आफूसहित ३९ जनाको समूह लिएर एमाले फर्कनुभएका मिश्रले आफूहरु आत्माआलोचनासहित पार्टीमा फर्किएको पनि बताए ।
‘पार्टीभित्रका अन्तरविरोध पार्टीभित्रै बसेर समाधान खोज्नुपर्ने कुरामा विश्वास रहँदा रहँदै पनि विगतमा पार्टीबाट बाहिरिने जुन निर्णय गरेँ, त्यस विचलनका लागि आत्मालोचना गर्छु’ मिश्रले भने । उनले सबै साथीहरूलाई पार्टीमा विना भेदभाव कामको जिम्मेवारी प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
नेकपा (एमाले) मा फर्कनुहुनेहरूमा जिल्ला कमिटीका सचिवालय सदस्यहरू शालिग्राम मिश्र, राजेन्द्र थापा, ऋषिराज भेटवाल, जिल्ला कमिटी सदस्यहरू माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, विष्णु घिमिरे, सानुमैया कार्की, रुद्रबहादुर केसी रहेका छन ।
त्यसैगरी नेकपा एसका ललितपुर महानगर कमिटीका सदस्यहरू नरेन्द्र चन्द, महेन्द्र मानन्धर, राजमान कायस्थ, राजु मानन्धर, रमेश पोखरेल, शान्ति लामा, वडा कमिटी सदस्यहरू विमला कार्की, शोभा मिश्र, नरेन्द्र तण्डुकार, रामकाजी महर्जन, देवी थापा मगर, सुलोचना गुरुङ, राधा पन्त, राजेश मानन्धर, रमा लामा, हस्तबहादुर पुन, राजन घिमिरे, विनोद श्रेष्ठ, देवी लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु, राजिव बानिया, विक्रम घिमिरे, राजन घिमिरे, सञ्जय पोखरेल, कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन पनि नेकपा (एमाले) मा फर्केका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा (एस )
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्