Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

के रहेछ सिंहदरबारको फोहोर नउठाइनुको कारण ?


काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाइनुको कारणबारे प्रष्ट पार्नु भएको छ।उहाँले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता,गैर जिम्मेवारी र लापरबाहीपछि बाध्यात्मक निर्णय गरिएको भन्दै यसका कारणबारे प्रस्ट्याउनु भएको छ।

सिंहदरबारले संघीय सरकारको मर्मलाई लत्याएर जनजीविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको उहाँको ठहर छ।

यो लहडमा अनयासै गरिएको निर्णय नभई ९ महिना सम्म पटक पटक पहल गर्दा समन्वय,सहकार्य र कार्यान्वयनमा मुस्किल भएपछि बाध्यात्मक निर्णय गर्नु परेकोे मेयर शाहले उल्लेख गर्नु भएको छ।

यस्ता रहेछन् कारण :

१। गृह मन्त्रालय स् अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी –३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको ।

२। परराष्ट्र मन्त्रालय  विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार

३। शिक्षा मन्त्रालय स् सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको ।

४। स्वास्थ्य मन्त्रालय स् सरकारी अस्पताल सरसफाइ,बिमा,सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स ९१०२० को काठमाडौँ उपत्यका भरी सेवा दिनलाई बजेट व्यवस्थापन –दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको ।

५। पर्यटन तथा नागरिक उड्डयन स् एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संवत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको ।

६। अर्थ मन्त्रालय स् ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घर बहाल कर नेपाल सरकारले उठाएकोबारे,याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौँमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल

७। सहरी विकाश स् खोला कोरिडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट,अन्डर पास,बन्चरेमा लिचेडको व्यवस्थापन,माटो क्यापिङको व्यवस्थापन अनि साइटको ग्यास पाइपको व्यवस्थापन,वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौँमै फोहोर व्यवस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल ।८। भौतिक यातायात स् रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – ई मन्त्रीहरूसँग पटक पटक पहल ।

९। सूचना तथा सञ्चार स् क्ष्क्ए र टेलिकमबिच एकीकृत पूर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल

१०। ऊर्जा मन्त्रालय स् सडक बत्ती अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल

११। खानेपानी स् मेलम्चीको पानी र पाइप व्यवस्थापन, प्ग्प्ी को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल

१२। भूमिसुधार मन्त्रालय स् सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल

१३। सङ्घीय मामिला स् तीनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल

१४। कृषि मन्त्रालय स् मल खरिद तथा उपत्यकामा आउने तरकारीको परीक्षण – मन्त्रीसँग पटक पटक पहल


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिंहदरबारको फोहोर


तपाईको कमेन्ट लेख्नुहोस्