ठगी गर्ने १० वटा म्यानपावर कम्पनी खारेज (सूचीसहित)
१७ वैशाख, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर कम्पनीको ठगी शून्यमै झार्ने अभियानलाई तीब्रता दिएका छन । नियम विपरित काम गर्ने र नियम भन्दा बाहिर रहने कम्पनी पनि कारबाहीको दायरामा अाउन थालेका छन । मन्त्री विष्टको निर्देशनपछि वैदेशिक रोजगार विभागले १९७ वटा म्यानपावर कम्पनीहरु एकै पटक खारेज गरेको अर्को दिन थप १० वटा कम्पनी खारेजीको निर्णय गरेको छ । नियम विपरीत काम गरेको र समयमा नवीकरण नगरेको भन्दै ती म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।

यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ । विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ । अहिले विभागमा एक हजार ४३७ वटा म्यानपावर दर्ता छन् ।
विभागमा दर्ता भएका एक हजार ४३७ मध्ये अहिले एक हजार १८५ म्यानपावर मात्रै सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज गर्ने तयारी गरिएको छ । यसले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा ठूलो पुग्ने विश्वास गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #म्यानपावर कम्पनी खारेज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्