पेसागत महासंघको अध्यक्षमा पुण्यप्रसाद ढकाल निर्विरोध, को–को बने पदाधिकारी र सदस्य ?
चैत । नेकपा एमालेनिकट पेशागत महासंघ नेपालको अध्यक्षमा पुण्यप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको सातौं राष्ट्रिय महाधिवेशनले ढकालको नेतृत्वमा १७ जना पदाधिकारीसहित ९९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
महासंघको उपाध्यक्षमा भोलानाथ पोखरेल, हरिकुमार श्रेष्ठ र सुशीला श्रेष्ठ तथा महासचिवमा केदार देवकोटा चयन भएका छन् । यस्तै, उपमहासचिवमा लक्ष्मण बजगाई र कोषाध्यक्षमा श्याम पाण्डे चयन भएका छन् ।
यसैगरी गैरभौगोलिकतर्फका सचिवमा कमल पराजुली र हिराबहादुर थापा चयन भएका छन् भने संस्थानतर्फको सचिव पद रिक्त रिक्त राखिएको छ । भूगोलतर्फका ७ जना सचिवमा कोशीबाट मुक्ति गौतम, मधेशबाट रामदेव लाल दास, बागमतीबाट श्याम पाण्डे, गण्डकीबाट रामप्रसाद खनाल, लुम्बिनीबाट छवि पाण्डे, कर्णालीबाट शिव सापकोटा र सुदूरपश्चिम प्रदेशबाट रामचन्द्र जोशी चयन भएका छन् ।
महासंघले सात प्रदेशबाट एक जना महिलासहित ४ जना केन्द्रीय सदस्यका दरले २८ जना र खुलातर्फ १८ जना महिला र १८ जना पुरुष गरी ३६ जना निर्वाचित गरेको छ ।
यस्तै पिछडिएको क्षेत्रबाट २, अपांगता भएकाहरूबाट १, आदीवासी जनजातीबाट ४, दलिततर्फ ३ र मधेसीतर्फ ४ गरी ९५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । चार सदस्य भने रिक्त रहेका छन ।
महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा राजकुमार गिरी, लेखा आयोगको अध्यक्षमा मेघदेव पन्त र निर्वाचन आयोगको अध्यक्षमा उत्तम न्यौपाने चयन हुनुभएको छ । केन्द्रीय सदस्यको नाम भने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पेसागत महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्