एमालेद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो बाटोबाट अघि बढाउन अस्वीकार
चैत । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिटो बाटो ‘फास्ट ट्रयाक’बाट अघि बढाउन सरकारले गरेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वीकार गरेको छ ।
आज शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यससम्बन्धी कानूनलाई फास्ट ट्रयाकबाट अघि बढाउन प्रस्ताव गरेका थिए ।
तर, प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने यस विषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
यद्यपि, बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले संसदलाई सहज रुपमा अघि बढाउनेलगायत विषयमा सकारात्मक रुपमा कुराकानी भएको जानकारी दिए । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाक भन्दा पनि समितिमा लैजानुपर्ने बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेद्वारा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्