Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

नेकपा एसका केन्द्र, प्रदेश तथा जिल्लास्तरका नेताहरु एमालेमै फर्किए


काठमाडौं, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्र, प्रदेश तथा जिल्लास्तरका दर्जनौँ नेताहरु एमालेमै फर्किएका छन् ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी र स्वकीय सचिव गौरवसिंह महरासहितका नेताहरू एमालेमा फर्किएका हुन् ।

यस्तै नेकपा एसकी केन्द्रीय परिषद सदस्य मीना गुरुङ, नेताहरु सीता चौधरी, हिमाल अधिकारी, किसन भट्टराई पनि एमालेमा फर्किएका छन् ।

एमाले फर्किएका नेताहरूलाई नेकपा एमाले दाङका इञ्चार्ज तथा पोलिटव्युरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मालगायतले स्वाग गरे ।

आज एमाले प्रवेश गरेकाहरूले चैत ४ गते सामुहिक रुपमा नेकपा एस छोडेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #जिल्लास्तरका नेताहरु एमालेमै फर्किए


तपाईको कमेन्ट लेख्नुहोस्