बन्ने भयो टोखा झोर महाँकालमा ३५ फिट अग्लो बुद्ध मूर्ति
काठमाडौं । टोखाको झोर महाँकालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ ।
टोखामा श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महाँकाल बुद्ध मूर्ति निर्माण उपभोक्ता समिति मातहतमा उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो ।
टोखा नगरपालिकाको नगरस्तरी बजेटमा निर्माण हुन लागेको उक्त मूर्ति निर्माणको मंगलबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले शिलान्यस गरेका थिए ।
वडाको पहलमा नगरस्तरी कुल ८२ लाख लागतमा झोरमहाँकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्य हाल २ रोपनी क्षेत्रफलमा बुद्ध मूर्ति निर्माण हुन्न लागेको टोखा – १ वडाका वडाध्यक्ष रमेश कुमार लामिछानेले टोखा टाइम्सलाई बताए ।
२ वर्ष अगाडि निर्वतमान अध्यक्ष श्रीकृष्ण अधिकारीको पालामा नै सो मूर्ति निर्माणको कार्य अगाडि बढेको भएता पनि यस वर्षमात्र निर्माण कार्य शुरू भएको अध्यक्ष लामिछाने जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #झोर महाँकालमा ३५ फिट अग्लो बुद्ध मूर्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्