Techie IT
शनिबार, कात्तिक २९,२०८३

रिकोडद्वारा १ सय १५ जनालाई कृषि तथा पशुपालनसम्बन्धी सामग्री वितरण


अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेसाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालन गरिसकिएको छ ।

 

तिमल्सिनाले अघिल्लो साता मात्रै साविक देवीचौर गाविस वडा नं ४ स्थित देवी स्वास्थ्य आमा समूहका लागि ७५ हजार रुपियाँ, देवीचौर गाविस वडा नं ५ स्थित सारङ्गीडाँडा स्वास्थ्य आमा समूहका लागि ५० हजार रुपियाँ र देवीचौर गाविस वडा नं ६ स्थित लामीडाँडा स्वास्थ्य आमा समूहका लागि ५० हजार रुपियाँ आयआर्जन वृद्धिका लागि सहयोग गरेको बताइन् ।

 

रकम सहयोग कार्यक्रममा रिकोडका कार्यकारी निर्देशक रामहरी घिमिरेले रिकोडले गरेको सहयोगबाट यहाँका नागरिकको पोषण र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आउनु पर्नेमा जोड दिएका थिए ।

 

कृषि सामग्री बुझ्दै स्थानीय सावित्री घिमिरेले प्राप्त सामग्रीको सदुपयोग गर्दै कृषि उत्पादनमा जोड दिने बताइन् ।

 

वितरण गरिएको कृषि सामग्रीमा प्रति व्यक्ति तीन क्वेल पाइप, हजारी, स्प्रिङ्कल, कुटो, कोदालो, दाँते, प्लाष्टिक टनेल, प्लाष्टिक पोखरीका लागि सामग्री, थोपा सिंचाइ ड्रमलगायत र पशुपालनसम्बन्धी सामग्रीमा मिल्कक्यान रहेको स्थानीय सुशीला तिमल्सिनाले बताइन् ।

 

यो परियोजना देवीचौरका साथै बागमती गाउँपालिकाका घुसेल, माल्टा, भट्टेडाँडा, इकुडोल र प्युटारमा सञ्चालन गरिएको रिकोडले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्