महिन्द्रको सर्भिस सेन्टरमा आगलागी, ७ वटा गाडी जलेर नष्ट (तस्वीरहरु)
काठमाडौं, २० चैत । ललितपुरको कुपण्डोल स्थित महिन्द्रा आटोको सर्भिस सेन्टरमा सोमबार बिहान आगलागी भएको छ । आगलागीका कारण ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटर साइकल र ३ वटा स्कुटर जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आगो बिहान ४ः४७ मा लागेको थियो भने ५ः१७ मा नियन्त्रणमा आएको थियो ।

आगलागी विद्युत सर्टका कारण हुन सक्ने जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले बताए ।
उनले भने,‘सर्भिस सेन्टरमा इलेक्टि चार्चर रहेछ । त्यसमा मोटर साइकल चार्च गर्न राखिएको रहेछ । त्यहीँबाट अचानक धुँवा आएको जस्तो देखिन्छ । आगो पनि त्यहीँबाट सल्किएको प्रारम्भिक जानकारीमा आएको छ । खास कारण त अनुसन्धान पछि नै खुल्ला ।’ प्रहरीका अनुसार क्षतिको विवरण भने आइसकेको छैन् ।
क्याटेगोरी : समाचार
ट्याग : #महिन्द्रको सर्भिस सेन्टरमा आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्