Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

रोटरी डिस्ट्रक्ट गभर्नर जितेन्द्र राजभन्डारीको प्रतिबद्धता : समुदायका आधारभूत आवश्यक्ता पुरा गर्न पूर्ण सहयोग गर्नेछु


सीता पौडेल(अर्चना)

चितवन।रोटरी इन्टरन्यासनल ३२९२,नेपाल-भुटानका डिस्ट्रक्ट गभर्नर जितेन्द्र राजभन्डारीले रोटरीले ‘रोटरी कम्युनिटी कोर्प्स’ (आरसिसी) गठन भएको समुदायको विकासका लागि  शिक्षा,स्वास्थ्य,वातावरण,कृषि र खानेपानी तथा सरसफाई जस्ता विषयलाई प्राथमिकता राखेर काम गदै आएको बताउनु भएको बताउनु भएको छ।

उहाँले हरेक सामाजिक समस्या समाधानमा आफु प्रतिबद्ध रहेको भन्दै आरसिसीले औंल्याएका समस्या समाधानमा पूर्ण सहयोग गर्ने बताउनु भयो।

शनिबार रोटरी डिस्टिक उप कमिटिले चितवनको सौराहामा आयोजना गरेको रोटरी सामुदायीक संघको तेस्रो राष्टिय भेलाको उद्घाटन सत्रलाई  सम्बोधन गदै गभर्नर राजभण्डारीले रोटरीले तय गरेका ७ फोकस एरिया अन्तर्गतको आधारभूत शिक्षामा सबै बालिकाको गुणस्तरीय शिक्षामा पहुँच निर्माण गर्न र सबै बालिकालाई विद्यालय जाने हौसला प्रदान गर्न हरेक विद्यालयमा बालिकामैत्री शौचालयको आवश्यक्ता रहेको बताउनु भयो।

उहाँले रोटरीले आफ्नो प्राथमिकतामा राखेका ७ वटा क्षेत्र मध्येमा यी सँगै, सामाजिक द्धन्द न्युनिकरणमा समेत काम गदै आएको र द्धन्द न्युनिकरण गरि समाजमा शान्ति कायम गर्न रोटरी र रोटरी सम्बद्ध आरसिसी जस्ता सम्बन्धित संस्थाहरुले महत्वर्पूण भूमिक निर्वाह गदै आएकोमा यसको  स्रहाना गर्नु भएको छ।

कार्यक्रमका संयोजक तथा रोटरी डिस्टक उप कमिटका चेयरपर्सन उत्तम खड्काले आरसिसीले आफ्नो समुदायको विकासका लागि समाजिक समस्याको पहिचान तथा समाधाननमा अर्थपुर्ण सहभागिता जनाउँदै आएको बताउनु भएको छ।उहाँले देशभर रोटरीका १५५ क्लबमध्येमा १३५ क्लबमा आरसिसी गठन भएता पनि ५० प्रतिशत आरसिसी निस्कृय रहेको भन्दै निस्कृय आरसिसीलाई सकृय बनाउनु जरुरी रहेको बताउनु भयो।

हिजो शनिबारदेखि शुरु भएको २ दिने सम्मेलन तथा भेलाका सहभागिहरुले आज आइतबार बिहान ८ः३० बजे चितवनका रोटरीयनहरुको पहलमा निर्माण भएको ‘मुसहर बस्ती’ को अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #रोटरी डिस्ट्रक्ट गभर्नर जितेन्द्र राजभन्डारी


तपाईको कमेन्ट लेख्नुहोस्