ललितपुरमा सामाजिक संजालको सुरक्षित र सकारात्मक प्रयोग विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
ललितपुर, १४ ।बैशाख ललितपुरमा सामाजिक संजालको सुरक्षित र सकारात्मक प्रयोग विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । १४ गते शनिबार “सुसस्कृत समाजको निर्माण संकल्प महिला समुहको अभियान ” भन्ने मुल नाराको साथ संकल्प महिला समुहको आयोजना र ललितपुर माहानगरपालिका वडा – ५ को सहयोगमा उक्त एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
महालक्ष्मी पार्टी भेनु थसिखेलमा आयोजित उक्त कार्यक्रमको उदघाटन ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले गरेका थिए । संकल्प महिला समुहका अध्यक्ष उमा ढुङ्गानाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका सहभागीहरुलाई संस्थाका तर्फबाट रिता ढुङ्गानाले स्वागत मन्तब्य राखेकी थिईन भने राधा चालिसेले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिईन । कार्यक्रममा साइबर क्राईम बिशेषज्ञ बुद्धी सुबेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका ५ नम्वर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वर्तमानमा साईबर क्राईमको बिषय जल्दोबल्दो सवाल रहेको अौल्याउदै यस सन्दर्भमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । त्यसैगरि, ललितपुर- ५ का वडा सदस्य पुनम निरौला, आयोजक संस्थाका अध्यक्ष उमा ढुङ्गाना, पूर्व अध्यक्षद्वय पद्मा ढुङ्गाना एबम पबित्रा ढुङ्गानाले समाजमा साईबर क्राईमबारे सचेतना फैलाउन सचेत नागरिकहरुको भूमिका महत्वपूर्ण रहने आशय ब्यक्त गरेका थिए । कार्यक्रममा महिला, युवा, बालबालिका, बुद्धीजीवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सामाजिक संजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्