कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने
चैत । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ ।
बैठक बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी, आजको बैठकमा बारा-२ मा हुने उपनिर्वाचन बारे निर्णय हुने बताइएको छ । यसअघि कांग्रेसले चितवन-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गरिसकेको छ ।
कांग्रेसले चितवन-२ मा जितनारायण श्रेष्ठ र तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैशाख १० गते हुने उपनिर्वाचनको लागि दलहरुले उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छन् । निर्वाचन आयोगको उपनिर्वाचन कार्यतालिका अनुसार चैत २० गते भोलि सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्