एसईईको प्रश्नपत्र आउट, दुई जना पक्राउ
चैत । एसईई परीक्षाको पहिलो दिनमै मधेश प्रदेशको बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र आउट भएको पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले परीक्षा अगावै सामाजिक सञ्जालको म्यासेज ग्रुपमा प्रश्नपत्र बाहिरिएको पुष्टि गरे ।
उनले प्रश्नपत्र बाहिरिएको विषयमा बुझ्नको लागि प्रहरीसहित आफू बाराको महेन्द्र आर्दश स्थित राम चरित्र माध्यमिक विद्यालय चिउटाहा आइपुगेको बताए ।
उनले प्रश्नपत्र सामाजिक सञ्जालको म्यासेज गुप्रबाट आउट भएको उल्लेख गर्दै त्यसबारेमा थप बुझ्ने काम भइरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी सापकोटाले घटना संलग्न भएको आशंकमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।
बिहीबारनै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर ग्रुपमा अङ्ग्रेजीको प्रश्नपत्र बाहिरिएको हो ।
यस वर्षको एसईई परीक्षा आज शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एसईईको प्रश्नपत्र आउट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्