संखुवासभाको अनुरोध फुटसलमा सेना र प्रहरी बिच मैत्रीपुर्ण फुट्सल (फोटोफिचर)
खांदबारी- संखुवासभाको खांदबारी नगरपालिका वडा न १ स्थित सुर्य बोर्डिङ्ग स्कुलले संचालन गरेको अनुरोध फुटसल कोर्टमा बिहिवार नेपाली सेनाको नया भैरबी दल गुल्म खांदबारी र जिल्ला प्रहरी कार्यालय संखुवासभा बिच मैत्रीपुर्ण फुटसलखेल सम्पन्न भएको छ ।

उक्त रोमान्चक खेल हेर्न हेल्पिङ्ग हेन्ड्स हेल्थ एजुकेसनका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष एवम अनुरोध फुटसल निर्माणकर्ता बरिस्ठ समाजसेबी नारायण श्रेष्ठ, गुल्मपती लक्ष्मण खडका, डिएसपी बिरेन्द्र गोदार, खांदबारी नगरपालिका प्रमुख प्रसासकिय अधिकृत युवराज आचार्य र लेखा अधिकृत रुद्र श्रेष्ठ लगायत स्थानिय ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सुर्य बोर्डिङ्ग स्कुलको प्राङ्गणमा पुर्बी पहाडको एकमात्र फुटसल कोर्ट अनुरोध फुटसल कोर्ट निर्माण भए पछि त्यहाँका स्थानिय युवाहरु लगायत खांदबारीमा जागिरको शिलशिलामा बस्दै आएका कर्मचारीहरुलाई निकै ठूलो राहत भएको खांदबारीका युवा ब्यवसायी गणेश श्रेष्ठले बताए ।

क्याटेगोरी : खेलकुद, फोटो फिचर, समाचार
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #नेपाल प्रहरी, #नेपाली सेना, #फुटबल, #फुटसल, #मैत्रीपुर्ण, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्