सरकारविरुद्ध कांग्रेसले देखायो रौतहटमा शक्ति
चपुर, १४ वैशाख । नेपाली कांग्रेस रौतहट जिल्लामा सरकारको अधिनायकवादविरुद्ध शनिबार आमसभा गरेको छ ।
रौतहटको क्षेत्र नं. २ मा नेपाली कांग्रेस रौतहटले आमसभाको आयोजना गरेको हो । आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, सांसदद्वय मोहम्मद अफ्ताब आलम, देवप्रसाद तिमल्सिना, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीसहितका नेताहरूले सम्बोधन गरेका थिए ।
कांग्रेसका हज्जारौँ कार्यकर्ताले खचाखच भरिएको आमसभालाई सम्बोधन गर्दै नेताहरूले कम्युनिस्ट सरकारको विरोध गरे । उनीहरूले प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशलाई भड्खालोमा लैजान लागेको भन्दै चिन्ता जनाए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईका जनताले सिचाइँको माग गरिरहेका बेला प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गरेर बेमौसमको बाजा बजाइरहेको बताए ।
उनले भने, ‘तराई मधेसमा जनताले खेत बारीमा सिचाइँ खोजेका छन् । पानीजहाज खोजेका छैनन् । पानीजहाज ल्याउन सबै पानी एकठाउँमा जम्मा गर्नुपर्छ । त्यस्तो भयो भने खेतबारी सख्खा हुन्छन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्