Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै लिङ्देनले भनेः हर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?


चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गरेका केहि युवालाई प्रहरीले मुखनै बन्द गरे रोकेको भिडियो र तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए, तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।

त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए । दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा उनीहरुले मूल्यवृद्धि खारेज गर, नालयक सरकार होसियार, युवालाई मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ भन्दै नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए । त्यसैबीच प्रहरीले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै मुख नै थुनेर नियन्त्रणमा लिएका थिए ।

युवाहरुले बैंकको मिटर ब्याज मिनाह गर, मूल्यवृद्धि खारेज गर लगाएतको आवाज उठाउँदा प्रहरीले मुखनै थुनेर रोकेपछि अहिले सामाजिक सञ्जालहरुमा सरकारको चर्को आलोचना भइरहेको छ ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले मुखनै थुनेर बोली बन्द गरेको तस्वीर राख्दै हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई फेसबुकमा मेन्सन गर्दै भनेका छन्,‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने क. प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’

उनले चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन र देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन अनुरोध गरेका छन् । अध्यक्ष लिङ्देनले चर्को ब्याजदर घटाउन र देशभित्रै रोजगारी सिर्जना गर्न सम्भव रहेको समेत उल्लेख गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #री प्रचण्डलाई मेन्सन गर्दै लिङ्देन


तपाईको कमेन्ट लेख्नुहोस्