काठमाडौं उपत्यकाका ७ क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नहुने भएको छ ।
विद्यार्थी संगठनबीच विवाद हुँदा ती क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको हो ।
काठमाडौंका त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल), रत्नराज्य क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल कमर्स क्याम्पस, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस तथा ललितपुरको पाटन क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुन नसकेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
यी बाहेक उपत्यकाभित्रका त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको छ ।
प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखि नियमित हुन सकेको थिएन ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #स्ववियु निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्