Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

टोखा ३ मा मन्टेश्वरी तालिम शुरु


टोखा काठमाडौं । काठमाडौं टोखा नगरपालिका वडा नं ३ मा मण्टेश्वरी तालिम शुरु भएको छ । उत्पला एजुकेशन अर्गनाइजेशन तथा वडा नं ३ को सहकार्यमा मण्टेश्वरी तालिम सुचारु गरिएको उत्पला एजुकेशनकी संचालक सरीता मर्हजनले बताउनुभयो ।

आइतबार वडा कार्यालयको सभाहलमा बिधिवतरुपमा शुरुवात गरिएको छ । उद्घाटन समारोहमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर मुरारी तामाङ्ग , वडा अध्यक्ष रमेश डंगोल ,उत्पला एजुकेशनका प्रतिनिधिहरु लगायतका बाक्लो उपस्थीती रहेको थियो ।

वडा भित्र बसोबास गर्ने वडाबासीहरुको रोजगारी प्रर्बदन गर्नका लागी सो तालिमको आयोजना गरिएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टोखा ३ मा मन्टेश्वरी तालिम शुरु


तपाईको कमेन्ट लेख्नुहोस्