Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

द्रव्यशाह बहुमुखी क्याम्पसकाे स्ववियु सचीव पदमा सचिन खनाल निर्बिरोध निर्वाचित


गोरखा,28 फागुन । अमृत खनाल गोरखा क्याम्पसको स्ववियु सभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेद्वार बिष्णु पाण्डे विजयी भएका छन् । पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीको द्रव्यशाह बहुमुखी क्याम्पसबाट सचीव पदमा सचिन खनाल निर्बिरोध निर्वाचित भएका छन् । उनी गठबंधनको साझा उम्मेद्वार रहेका थिए । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले सहमती भएको थियो । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने विद्यार्थी संघ संगठनबिच सहमती भएको हो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि हिजो शनिवार उम्मेदवारी दर्ता गर्ने दिन रहेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्