टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा गगंबु बसपार्कबाट दुई जनालाई पक्राउ
काठमाडौं, १३ वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई बालाजुमा बस्ने दिलबहादुर खत्री र सोही ठाउँका राजकुमार दाहाल छन् ।
उनीहरूलाई महाशाखाबाट खटिएको टोलीले गंगबु बसपार्कबाट बिहीबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
खत्री र दाहालले संयुक्त रुपमा सञ्चालन गरेको इलेक्ट्रोनिक्स पसलमा खानतलासी लिने क्रममा नेपाल टेलिकमका १० थान, एनसेलको २६ थान सिमकार्ड फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहलेले जनाकारी दिए ।
खत्री र दाहालले ग्राहकहरूको पहिचान खुल्ने कुनै पनि कागजात तथा रेकर्ड नराखी सिमकार्ड बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले पसलमा छापामारेको थियो ।
अनधिकृत रुपमा बिक्री वितरण गरिएका सिमकार्डहरू आपराधिक गतिविधिमा प्रयोग भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगंबु बसपार्कबाट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्