छेपारो प्रवृत्तिका प्रचण्डको अवसरवाद र पातकी काइदा धेरै दिन टिक्दैन : सूर्य थापा
फागुन । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छेपारोको संज्ञा दिदै उनको अवसरवाद, नाङ्गो धोका, बेइमानी र महाठगी एवम् पातकी काइदा धेरै दिन नटिक्ने बताएका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘कीर्तिमानी छेपारो महोदय’ शीर्षक दिएर लामो धारणा लेख्दै प्रचण्डप्रति आक्रोश पोखेका हुन् ।
उनले राष्ट्रपति निर्वाचनको संघारमा एमालेलाई धोका दिएर गठबन्धन टुटाएको भन्दै प्रचण्डलाई नियुक्तिको बेला साथ दिएका अधिकांश दलहरूले छोड्दा पनि पदमा टाँसिएर बसेको आरोप लगाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘नियुृक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला ? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो ?’
प्रधानमन्त्री बन्न र निरन्तर रहन १३८ जनाको साथ चाहिने भए पनि प्रधानमन्त्री प्रचण्डसँग अहिले ७९ जना मात्रै रहेकाले पदबाट राजीनामा दिनुपर्ने धारणा थापाको छ । ‘प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्छ । अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नाङ्गो धोका, बेइमानी र महाठगी एवम् पातकी काइदा हो,’ उनले अगाडि भनेका छन्, ‘कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजीनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि ? हुन त दूधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र !’
क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्