प्रधानमन्त्री प्रचण्डकै कारण सरकार छोड्न बाध्य भयौँ : एमाले
काठमाडौं, १५ फागुन । नेकपा एमालेले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कदमप्रति आपत्ति जनाएको छ ।
आजको सचिवालय बैठकपछि उपाध्यक्ष विष्णु पौडेलले एमालेका मन्त्रीहरूप्रति सरकारको व्यवहारप्रति आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको व्यवहारकै कारण एमाले तत्काल सरकार छोड्न बाध्य भएको दाबी पनि गरेका छन् ।
‘मन्त्रिपरिषद निर्णयको आधारमा जेनेभा जान लाग्नुभएका परराष्ट्रमन्त्री विमला राइलाई अन्तिममा आएर नजान भनेर निर्देशन गर्नुभयो,’ उपाध्यक्ष पौडेलले भने, ‘त्यतिमात्र नभएर हामीलाई स्वेच्छाले सरकार छाड्ने नभएर आफैले सरकारबाट हटाउने जस्ता अभिव्यक्ति दिदै हिड्नुभयो । नेकपा एमाले र एमालेका सदस्यहरूप्रति टिप्पणी गरेपछि हामीले यो सरकारमा रहिरन उचित देखेनौं ।’
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले एमाले प्रतिपक्षमा जाओस् भन्ने देखिएको पौडेलले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्